बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने पालुङ्ग, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक सम्पदाहरुले भरिपूर्ण छ ।


यहाँको अर्गानिक उत्पादन एवम आलु देशभरनै प्रख्यात मानिन्छ । ,नगदेबाली र कृषि उत्पादन याे क्षेत्रकाे प्रमुख आम्दानीको श्राेत हाे ।


पालुङ्गमा प्रसस्त रूपमा एतिहासिक र धार्मिक क्षेत्रहरु छन् । यो राजधानी काठमाडौँ बाट नजिक रहेको पर्यटकिय गन्तव्य भएकाले यहाँ बर्सेनि हजारौं संख्यामा पर्यटकहरुले भ्रमण गर्न गर्दछ ।

इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न भएको हो ।

कुलेखानी बिधुत उत्त्पादन केन्द्रको ताल घुमफिर गर्नको लागि अर्को सुन्दर स्थान हुन् । यहा हुने नौका एवम पानी बोटको यात्रा छुटाउनु नहुने भ्रमणको पाटो हुन् ।


कुलेखानीको चिसो पानीको माछाको स्वाद बेजोड मानिन्छ । यहा खाना अनि बस्नको लागि आफ्नो-आफ्नो बजेट अनुसारको प्रसस्त होटल एवम रिसोर्टहरु छन् ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *