२०८० कार्तिक २० ।
सरकारले नेपालमा गाँजा खेतीको सम्भाव्यताको बारेमा अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बारेमा आर्थिक वर्ष २०८०-८१ को बजेट मार्फत घोषणा गरेका थिए ।
वर्तमान कार्यदलले मुख्य रुपमा दुईवटा विषयमा अध्ययन गर्ने छ । १ – गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ ? २- गाँजाबाट औद्योगिकरणको सम्भाव्यताबारे अनुसन्धान गरिनेछ । गाँजाको बिभिन्न प्रयोग डाँठ, पात र रेसा आदि बाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा पनि कार्यदलले अनुसन्धान गर्नेछ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिव सहित प्रधानमन्त्री कार्यालयको प्रतिनिधि , अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो।