२९ असोज। आउदो दशैं तिहारलगायत चाडबाडको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा कार्य सुरु गरेको छ । रुपैया ५ देखी १०० सम्म को गरी प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने छ ।

राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।
काठमाडौँ बाहिरको लागि भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष झै यस् पाली पनि नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *