प्राय नेपालीहरु भिजिट भिसामा ओमान जाने र उतै कामको खोजीगरी भिसा परिवर्तन गरी काम गर्न चलन रहेकोमा ओमान सरकारको नयाँ नियम अनुसार भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ भिसा बनाउन नपाउने भएका छ ।
नेपाली दूतावास ओमानले अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान पुगेपछि भिसाको प्रकार परिवर्तन गर्न नपाउने जनाएको हो। दलाल वा कोही कसैले ओमानामा भिजिट भिसामा पुर्याएर रोजगारी दिलाउँछु भनेर आश्वासन दिएको भए समयमै सचेत भै ठगीबाट बच्न्न सर्वसाधरण नेपालीहरुलाई नेपाली राजदूतावास ओमानले जानकारी गराएको छ।