नेपाल सरकारको तर्फ बाट जाजरकोट र रुकुम पश्‍चिममा गएको भूकम्प पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्‍ति जारी  गरेको छ ।
मन्त्रिपरिषद्को कार्यालयले  सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सकिने जानकारी दिएको छ ।

‘यस संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सम्पूर्ण सहयोग गर्न इच्छुक महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ रकम जम्मा गर्न सकिने व्यहोरा समेत गरेको हो।

संघीय मन्त्रिपरिषद्को निर्णय अनुसार आइतबार बिहान मृतकका परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आइतबार सामाजिक सञ्जालमार्फत भूकम्प पीडितको राहतका लागि कोषमा रकम सहयोग गर्न आग्रह गरेका छन्।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *