पूर्वान्चलको भोजपुर र खोटाङ्ग जिल्लाको सीमानाबाट सुरू हुने मुन्धुम पदमार्ग ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडाको फेदबाट सुरु हुँदै ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिन्छ।

मुन्धुम पदमार्गको उचाई २४ सय मिटरदेखि ३३ सय मिटर रहेको छ । उकालो ओरालोको पैदलयात्रामा नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृंखलाको दृश्यालोकन गर्न सकिन्छ।

नेपाल सरकारले छानेका सय पर्यटकीयस्थलमध्ये यो ट्रेल पनि पर्छ।

(फोटो : मुमक मेमोक)

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *