पोखरा नेपालको मध्य भागमा पर्दछ जस्को पूरानो नाम सेती उपत्यका हो । नेपालकै दोस्रो ठूलो महानगरको रूपमा रहेको पोखरा महानगर लेखनाथ नगरपालिका र ४ वटा गाउँपालिका मिलि अहिलेको महानगर बनेको हो /

पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यसै उपत्यका भित्र रहेका छन् । वर्तमान नेपाल एकीकरण हुनु अगाडि पोखरा कास्की राज्य अन्तर्गत थियो ।

ऐतिहासिक कास्कीकोट उपत्यकाको उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहिला छोरा नायव बहादुर शाहको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाईएको हो ।यहाको मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन ।

अन्नपूर्ण पदयात्रामार्ग पनि यंहीबाट शुरू हुन्छ । पोखरा उपत्यका पश्चिमाञ्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो/

नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल , मणीपाल मेडिकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रहेका छन्।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *