खेम कार्की -प्रचार प्रसार विभाग
रिटर्नी फेडेरेसन नेपालको २०८० कार्तिक १७–१८ गते लुम्बिनी प्रदेशको बुटवलमा सङ्गठनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न दोश्रो केन्द्रीय कमिटीको बैठकले निम्न समसामयिक प्रस्तावहरू पारित गरेको छ ।
१. यो बैठक २०८० कार्तिक १७ गते राति गएको भुकम्पबाट जाजरकोट र रूकुम प्िश्चममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गतहरू प्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोक प्रस्ताव पारित गर्दछ । घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यको सम्पूर्ण शक्ति राहत उद्धारमा केन्द्रित गर्न र घाइते भएकाहरूको उचित उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउँछ ।
२. इजरायलमा हमास समुहको आक्रमणमा परी ज्यान गुमाउनुहुने नेपाली युवाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछ । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना, स्वदेश फर्कन चाहनेको लागि शिघ्र स्वदेश फिर्तीको व्यवस्था तथा बेपत्ताको शकुसल उद्धारको कामना गर्दछ । जोखिमयुक्त देशहरूमा नेपालीहरूलाई नपठाउन यो बैठक सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ । ा
३. गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा ११ औ विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष डा. बद्री के. सी. सहितको टिमलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।
४. दिनानुदिन बिग्रदै गएको मुलुकको आर्थिक अवस्था प्रति गहिरो चिन्ता व्यक्त गर्दै स्थिति थप बिग्रन नदिनको लागि आवश्यक नीतिगत निर्णय गर्न यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।
५. धान्नै नसक्ने गरि बढिरहेको महँगीले प्रताडित सर्वसाधारण नागरिकलाई राहत दिने गरि कार्यक्रम ल्याउन फेडेरेसनको यो बैठक सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ ।
६. मानव हत्या जस्तो जघन्य अपराध गरेका अपराधीलाई समेत आम माफीका नाममा उन्मुक्ति प्रदान गरी दण्डहीनतालाई प्रसय दिइरहेको वर्तमान सरकारको कानून विपरीतको कदमको यो बैठक घोर विरोध गर्दछ ।
७. सरकारको गलत नीति रवैयाको कारणले निरास बनेर दैनिक तीन हजारको दरले युवा जनशक्ति विदेश पलायन भइरहेको कहालीलाग्दो अवस्था प्रति चिन्ता व्यक्त गर्दै यो बैठक यसलाई रोक्नको लागी स्वदेशमा नै रोजगारीको अवसर सृजना, सुशासनको प्रत्याभूत तथा सुनिश्चितता गर्नको लागि सरकार तथा सम्बन्धित निकाय सँग माग गर्दछ ।
८. बैठकमा प्रमुख अतिथिको रुपमा समुपस्थित भएर सुझाव सल्लाह र मार्गनिर्देशन प्रदान गर्नुहुने सङ्गठनका इन्चार्ज डा. सूर्य पाठक प्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ । बैठकका अतिथि सङ्गठनका संस्थापक अध्यक्ष चन्द्र बहादुर रोकाहा, सल्लाहकार परिषद्का अध्यक्ष उमेश अधिकारी, निर्वाचन आयोग अध्यक्ष कृष्ण भुसाल लगायत सबै प्रति धन्यवाद ज्ञापन गर्दछ । बैठकलाई सफल र सहजरूपमा सम्पन्न गर्नको लागि विशेष सहयोग गर्ने नेकपा (एमाल)े लुम्बिनी प्रदेश कमिटी, रूपन्देही जिल्ला कमिटी र बुटवल उपमहानगर कमिटी प्रति यो बैठक आभार प्रकट गर्दछ । बैठकलाई सुन्दर नगरी बुटवलमा आयोजना र व्यवस्थापन गर्ने रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश कमिटी, रूपन्देही जिल्ला कमिटी त्यस क्षेत्रका पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्य सहित प्रत्यक्ष सहयोग गर्ने सबै महानुभावप्रति यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
( खेम कार्की -प्रचार प्रसार विभाग )