वैदेशिक रोजगार बोर्ड किन?
काठमाडौं, २२ पुुस । वैदेशिक रोजगार बोर्डको काम, कर्तव्य र अधिकार :
- नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, गराउने ।
- वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना सङ्कलन, प्रशोधन र प्रकाशन गर्ने ।
- वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने गराउने ।
- वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षणसम्बन्धी आवश्यक कार्य गर्ने गराउने ।
- विदेशबाट फर्की आएका कामदारको सीप, पूँजी र निजले सिकेको प्रविधि उपयोग गरी राष्ट्रहितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने ।
- विभिन्न मुलुकसँग गरिने श्रम सम्झौतासम्बन्धी आवश्यक कार्य गर्ने ।
- वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्नुका साथै तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत गर्ने ।
- वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा कामदार र व्यवसायीको हकहितको संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने ।
- वैदेशिक रोजगार ऐनको कार्यान्वयन सम्बन्धमा समष्टीगत रुपमा अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने साथै कानूनको पुनरावलोकन गर्नुपर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने ।
- सेवा शुल्क तथा प्रवर्द्धनको खर्च निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने ।
- नेपाली कामदारले विदेशमा कमाएको आय सरल र सुलभ तरिकाले नेपाल भित्र्याउने सम्बन्धमा आवश्यक प्रबन्ध मिलाउनको लागि नेपाल सरकारलाई परामर्श दिने ।
- वैदेशिक रोजगारसम्बन्धी कानून विपरीत कुनै काम कारबाही कसैबाट भए गरेको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
- इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण र सीपमूलक तालिम सञ्चालन गर्नेसंस्थाको अनुगमन गर्ने गराउने ।
- अनुगमन गर्दा वा गराउँदा कसैबाट ऐन वा यस ऐन अर्न्तर्गत बनेको नियम विपरीत कुनै काम भएको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
- आफूले सञ्चालन गरेको कार्यहरुको वाषिर्क प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने ।
- वैदेशिक रोजगारको अवसर तथा जोखिम वारे अध्ययन अनुसन्धान गर्ने, गराउने ।
- वैदेशिक रोजगारसम्बन्धी चेतनामूलक कार्यक्रमहरु रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाद्वारा नियमित रुपमा प्रचार, प्रसार गर्ने, गराउने ।
- कामदारको सामाजिक सुरक्षा रणनीति तथा कार्य योजना तयार गर्ने, गराउने ।
- वैदेशिक रोजगारमा गएका महिला कामदारका निमित्त सुरक्षित गृहको स्थापना गरी सञ्चालन गर्ने, गराउने । (वैदेशिक रोजगार बोर्डको सचिवालय)
What's Your Reaction?