रिटर्नि फेडेरेशन नेपालको दोश्रो पूर्ण बैठक लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ । यहीँ कार्तिकको १७ र १८ गते २ दिन चलेको बैठकमा रिटर्नि फेडेरेशन नेपालका करिब ४५ जना केन्द्रिय सद्स्यहरु एवं ६ वटा प्रदेशका प्रदेश अध्यक्षहरूको सहभागिता रहेको थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं रिटर्नि फेडेरेशनका इन्चार्ज सूर्य पाठकको प्रमुख अतीथ्यतामा संचालित बैठकको अध्यक्षता फेडेरेशनका अध्यक्ष उत्तम अधिकारीले गरेका थिए भने बैठकको सञ्चालन महासचिव जेपी सापकोटाले गरेका थिए ।
नेकपा एमाले पार्टीले घोषणा गरेको मिसन ८४ लाई सफ़ल पार्न कार्यमा रिटर्नि फेडेरेशनको साथ र सहयोग रहनु पर्न इन्चार्ज सूर्य पाठकले बताए ।
संस्थापक अध्यक्ष चन्द्र बहदुर रोकाहाले स्थापना कालदेखिको आफ्नो अनुभवहरू सुनाउदै सदैब यो संगठन विदेशबाट फर्किएका नेपालीहरूको मुद्दा अनि उनीहरूको सीप र पूँजीलाई राष्ट्र निर्माणमा लगाउने कार्यमा सफ़ल हुने कुरामा आशावादी रहेको बताए ।
अध्यक्ष उत्तम अधिकारीले केन्द्रीय कमिटीका निस्क्रिय सदस्यहरू प्रति असन्तुष्टि ब्याक्त गर्दै आगामी दिनहरूमा यसरी निस्क्रिय एवं संगठनले सुम्पिएको कार्य प्रति उदासिन रहने प्रवृत्तिको विरुद्ध संगठन निर्मम पूर्वक लागिपर्ने एवं यस्ता सदस्यहरूलाई संगठनबाट निष्कासन गर्दै जाने बताए ।
सङ्गठनका उपाध्यक्ष बिनोद भट्टराईले सङ्गठनलाई चलायमान बनाउन सदैव आवसकिय ज्ञान रहनु पर्ने बताए ।
उधम्शिलता विभागको तर्फबाट संगठनका उपाध्यक्ष शालिकग्राम बस्यालले वर्तमान अवस्थामा नेपाली अर्थतन्त्रमा देखिएको यस छेत्रको समस्याहरूको बारेमा आफ्नो धारणा राखे ।
संगठनका कोषध्यक्ष जितेन्द्र बानियाको प्रस्तुत आर्थिक प्रतिवेदनमा -संगठनको आर्थिक पक्ष दयनीय रहेको , लामो समय देखि संगठनलाई तिर्नु पर्ने बकौता रकम नबुझाएको ,आर्थिक अनुशासनको कमी एवं अहिले सम्म सङ्गठनलाई बुझाउनु पर्ने रकम नबुझाउने सदस्यहरूको नामावली बैठकमा प्रस्तुत गरेका थिए । आगामी बैठकबाट यस्ता सदस्यहरू कारबाहीको भागिदार रहने बताए ।
कार्यक्रमको व्यवस्थापन लुम्बिनी प्रदेशले गरेका थिए भने प्रदेश अध्यक्ष रामचन्द्र बस्यालले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिए ।
देशको सुदूर पश्चिम छेत्रमा गएको भूकम्पले पारेको ठुलो जनधनको छती प्रति शोक प्रस्ताव पारित गर्दै बैठक निर्धारित समय भन्दा अगावै सम्पन्न गरिएको थियो ।