हाम्रो बारेमा 

सिङ्गो देशको अर्थतन्त्रनै वैदेशिक रेमिट्यान्समा भर परेको छ। दैनिक रुपमा ठुलो सङ्ख्यामा देशको जनशक्ति विदेशिने परम्पराले केही समय त देशको अर्थतन्त्र धान्ला तर यो कदापि दीर्घकालीन समाधान भने होइन ।

यसरी वैदेशिक रोजगारमा जानेहरूले सामान्य सूचनाको अभावमा ठुलो दुख र कष्ट झेल्नु परेको छ भने त्यसैगरी वैदेशिक रोजगारबाट फर्किएकाहरूको ज्ञान, पूँजी र सीपलाई राष्ट्र निर्माणमा लगाउन सके देशले फड्को मार्ने कार्यमा दुईमत छैन।

यिनै आवाजहरूलाई बुलन्द गर्न मुख्य कार्यनै रिटर्नी भ्वाइसको हुनेछ ।