गैँडाकोट सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा पदमबहादुर विश्वकर्मा

 0  10
गैँडाकोट सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा पदमबहादुर विश्वकर्मा

 १५ बैशाख | चितवन गैँडाकोट सुनचाँदी व्यवसायी सङ्घको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन यही वैशाख १४ गते सोमबारका दिन सम्पन्न भएको छ। अधिवेशन व्यापक तथा भव्य रूपमा सम्पन्न भएको हो। तेस्रो अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा पदमबहादुर विश्वकर्मा सहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार रहेका थिए। प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्‌घाटन गरेका थिए। उनले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको पनि कामना गरेका थिए।


कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका तृतीय उपाध्यक्ष प्रेम खाती, महासचिव निरबहादुर धमला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले व्यवसायीहरूको हकहित, बजार व्यवस्थापन, तथा सङ्घको भावी योजना सम्बन्धमा आआफ्ना धारणा व्यक्त गरेका थिए।
अधिवेशनले आगामी कार्यकालका लागि विभिन्न योजना तथा कार्यक्रमहरू तय गर्दै सङ्घलाई अझ सुदृढ र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, व्यवसायीबीच एकता, सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने विषयमा पनि जोड दिइएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow