गृहमन्त्रीबारे प्रश्न उठ्नु राम्रो होइन, राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

 0  7
गृहमन्त्रीबारे प्रश्न उठ्नु राम्रो होइन, राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

काठमाडौं, ८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा गर्नुपर्ने सुझाव दिएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै साम्पाङले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ विवाद आइरहेकाले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।

गृहमन्त्रीबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको भन्दै अध्यक्ष साम्पाङले अहिले आएको विवादको समाधान गर्न राजीनामा उपयुक्त हुने बताए । 

‘उहाँको जहिल्यै नयाँ नयाँ कुरा सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर,’ उनले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow