आज सुनको मूल्य घट्दा चाँदी भने बढ्यो
काठमाडौं, १९ असोज । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ।
आईतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा र चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
What's Your Reaction?





