विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
काठमाडौं, साउन ३ — फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस (NTV Plus) बाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ।
यस फाइनलमा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। विश्वभरका करोडौं फुटबल समर्थकले प्रतीक्षा गरिरहेको यो खेल नेपाली दर्शकले पनि एनटीभी प्लसमार्फत निःशुल्क हेर्न सक्नेछन्।
दुवै टोली उत्कृष्ट लयमा रहेकाले रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
खेल विवरण
खेल: अर्जेन्टिना विरुद्ध स्पेन
समय: राति १२:४५ बजे
What's Your Reaction?





