२१ दिनदेखि अनशनरत वाङचुकलाई प्रहरीले अस्पताल लगेपछि कक्रोच पार्टीका संस्थापक अभिजीत दीपके अनिश्चितकालीन अनशनमा
नयाँ दिल्ली, २ साउन । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन् ।
दिल्ली पुलिसले पर्यावरण कार्यकर्ता सोनम वाङचुकलाई धर्नास्थलबाट उठाएर अस्पताल लगेपछि अभिजीत आफैं भोक हडतालमा बस्ने निर्णय लिएका हुन् । सीजेपीले सामाजिक सञ्जालमा लेखेको छ, ‘जुलाई २० मा हुने तय भएको 'चलो संसद्' मार्च तालिकाअनुसार नै अगाडि बढ्नेछ।’
निट परीक्षामा भएको अनियमितताविरुद्ध दिल्लीको जन्तरमन्तरमा आमरण अनशन बसेका वाङचुकको स्वास्थ्य बिग्रिँदै गएपछि आज २१औँ दिनमा प्रहरीले उठाएर सफदरजंग अस्पताल लगेको हो।
अस्पतालका अधिकारीहरूका अनुसार लामो समयसम्म अनशन बसेका कारण उनमा हल्का कमजोरी र शरीरमा पानीको कमी देखिएको छ। यद्यपि उनको अवस्था हाल स्थिर छ भने अन्य सबै स्वास्थ्य मापदण्ड सामान्य छन्।
अस्पताल प्रशासनले उनलाई केही समय अस्पतालकै निगरानीमा राखिने जनाएको छ।
What's Your Reaction?





