आज तोलामा ३ हजारले बढ्यो सुन

 0  13
आज तोलामा ३ हजारले बढ्यो सुन

काठमाडौं, ९ कात्तिक । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ ।

आइतबार तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुन आज तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ पुगेको छ ।

हिजो २३० रुपैयाँ घटेर चाँदीको मूल्य ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow