कांग्रेस सभापति थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने

 0  7
कांग्रेस सभापति थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने

काठमाडौं, ३० असोज । कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाको शपथ ग्रहण शनिबार फूलपातीको दिन हुने भएको छ ।

महाधिवेशको मतगणना कार्य आज दिउँसो सम्पन्न भएसँगै सभापतिको शपथ ग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने तय गरिएको हो ।

पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथग्रहण हुने विज्ञप्ति जारी गरेको छ।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार सभापतिको शपथ ग्रहण शनिबार दिउँसो २ बजे हुने र अन्यको भने दशैँपछि हुनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow