निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको कांग्रेसको विवरण अद्यावधिक
काठमाडौं, ९ मंसिर । निर्वाचन आयोगले गत असोज १८ देखि २३ गते सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अध्यावधिक गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गर्दै १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अध्यावधिक गरेको हो।
कांग्रेसले गत असोज १८ देखि २३ मा सम्पन्न महाधिवेशनबाट २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको विवरण गत कात्तिक १६ गते आयोगमा बुझाएको थियो। जसमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र निर्णयहरू रहेका थिए।
आयोगले कांग्रेसले बुझाएका कागजात र संशोधित विधानको लामो समय अध्ययन गरेर आज विवरण अद्यावधिक गरेको छ। सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी विधाराधीन छ।
What's Your Reaction?





