निर्वाचन सम्बन्धि जानकारी दिन ‘कल सेन्टर’ सञ्चालन

 0  20
निर्वाचन सम्बन्धि जानकारी दिन ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको हो ।

आयोगका अनुसार ६ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ भने निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । 

आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगले जनाएको छ । (तस्विर : रासस)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow