बलिवुड फिल्म 'सैयारा' तीन सय करोड क्लबमा

 0  11
बलिवुड फिल्म 'सैयारा' तीन सय करोड क्लबमा

१९ श्रावन , काठमाडौँ । बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डे र अनीत पडडाको डेब्यू फिल्म 'सैयारा' ले घरेलु बक्स अफिसमा तीन सय करोड क्लबमा पुगेको छ । फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको तेस्रो सातामा ३०५.५० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले रिलिजको पहिलो सातामा १७५.२५ करोड कमाई गरेको थियो भने दोस्रो सातामा ११० करोड कमाई गरेको थियो । फिल्मले तेस्रो साताको शुक्रबार ५ करोड, शनिबार ७ करोड र आइतबार ८.२५ करोड कमाई गरेको थियो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।

 यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको बताईन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow