अब वालेटमा एक दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
काठमाडौं, ३० असोज । अब वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठका बेला वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएर एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार यो सुविधा दशैँका बेला असोज ३१ देखि कात्तिक ७ गतेसम्म र दीपावली तथा छठ अवसरमा कात्तिक २१ देखि २९ गतेसम्म लिन सकिने छ । यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो।
राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको छ । राष्ट्र बैंकले चाडपर्वका समयमा हुने कारोबारलाई ध्यानमा राख्दै उक्त सीमा तोकिएको अवधिका लागि अस्थायी रूपमा बढाएको हो।
What's Your Reaction?





