कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
०२ असोज, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको प्रहरीले जनाएको छ।
पानकोट पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा फालिरहेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि उक्त घटनाले व्यापक ध्यानाकर्षण गराएको थियो। भिडियोमा पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट कुकुरलाई धकेली नदीमा फालिएको देखिएको थियो।
पशुपन्छीप्रति निर्दयी व्यवहार देखाउने यस्ता घटनामाथि कानुनअनुसार अनुसन्धान तथा कारबाही हुने प्रहरीले जनाएको छ।
What's Your Reaction?





