नेपाली धातु तथा चाँदीका गहना एवं हस्तकला क्षेत्रमा सिलिचुङ ग्रुपको प्रवेश

 0  107
नेपाली धातु तथा चाँदीका गहना एवं हस्तकला क्षेत्रमा सिलिचुङ ग्रुपको प्रवेश

०७ भदौ, ललितपुर । नेपाली धातु तथा चाँदीका गहना एवं हस्तकला क्षेत्रमा सिलिचुङ ग्रुपले थप सेवा–सुविधा तथा नवीन प्रविधिसहित औपचारिक प्रवेश गरेको छ। भदौ ६ गते शनिबार ललितपुरको खुमलटारस्थित त्रिनिटी होटलमा आयोजित कार्यक्रममा सिलिचुङ ग्रुपले आफ्ना धातु तथा चाँदीका गहनाका उत्पादन तथा सेवाबारे व्यवसायीहरूलाई जानकारी गराउँदै गहनाहरू प्रदर्शन गरेको हो।

सिलिचुङ ग्रुपले आधुनिक प्रविधि, अत्याधुनिक मेसिन तथा नेपाली कालीगढहरूको सीप र अनुभवलाई संयोजन गर्दै विभिन्न प्रकारका धातु तथा चाँदीका गहना निर्माण गर्ने जनाएको छ। गहना निर्माणसँग सम्बन्धित विभिन्न सेवा तथा कामहरूलाई एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित ग्रुपले व्यवसायिक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको हो।

ग्राहक तथा व्यवसायीको आवश्यकता र रोजाइअनुसार आधुनिक मेसिन प्रविधि तथा परम्परागत हस्तकलामार्फत गहना निर्माण गर्ने व्यवस्था रहेको सिलिचुङ ग्रुपले जनाएको छ। नयाँ प्रविधिको प्रयोगसँगै नेपाली कालीगढको मौलिक सीपलाई प्राथमिकता दिँदै गुणस्तरीय तथा आकर्षक गहना उत्पादनमा जोड दिइएको ग्रुपको भनाइ छ।

कार्यक्रममा राजधानीका विभिन्न सुनचाँदी व्यवसायी, गहना क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल सुनचाँदी मञ्चका अध्यक्ष श्री खेम तिरुवा, निवर्तमान अध्यक्ष श्री डम्बर बराइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री पूर्णप्रसाद कोइराला, नेपाल सुनचाँदी मञ्चका सचिव श्री रञ्जित लाकान्द्री लगायत सदस्यहरू नीरज शंकर, रमेश घिमिरे, रञ्जित शंकर तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिलिचुङ ग्रुपका अध्यक्ष श्री हेम राईले ग्रुपले उपलब्ध गराउने सेवा–सुविधा, उत्पादन तथा गहना निर्माणमा प्रयोग हुने नयाँ प्रविधिबारे जानकारी दिएका थिए। उनले नेपाली धातु तथा चाँदीका गहनाको उत्पादन, प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि आधुनिक प्रविधि र परम्परागत सीपबीचको समन्वय आवश्यक रहेको बताए।

सिलिचुङ ग्रुपले नेपाली कला, संस्कृति, परम्परा र कालीगढको सीपलाई आधुनिक प्रविधिसँग जोड्दै गुणस्तरीय तथा मौलिक नेपाली गहनाको उत्पादन र बजार विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, गहना व्यवसायी तथा ग्राहकलाई उत्पादनदेखि आवश्यक अन्य सेवासम्म सहज रूपमा उपलब्ध गराउने उद्देश्यले व्यवसायिक सहकार्यलाई समेत प्राथमिकतामा राखिएको ग्रुपले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow