रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेश समिति र राजधानी प्रदेश समितिको संयुक्त भेला सम्पन्न

 0  55
रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेश समिति र राजधानी प्रदेश समितिको संयुक्त भेला सम्पन्न

१७ श्रावन, ललितपुर | श्रावण १६ गते शनिबार ललितपुरको च्यासलमा रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेश समिति र राजधानी प्रदेश समितिको संयुक्त भेला सम्पन्न भएको छ।

भेलाबाट राजधानी प्रदेश समिति गठन गरिएको छ। नवगठित समितिमा दुर्गादास श्रेष्ठ संयोजक, बिनोद कार्की सहसंयोजक तथा थिर कार्की सचिव लगायत पदाधिकारी चयन भएका छन्।

कार्यक्रमका प्रमुख वक्ता विशाल भट्टराईले रिटर्नीहरूको भूमिका, अनुभव तथा सीपलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यक्रमलाई सम्बोधन गरेका थिए। त्यसैगरी प्रमुख अतिथि तथा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद भट्टराईले फेडेरेसनको वर्तमान अवस्था, आगामी योजना तथा रिटर्नी अभियानलाई थप प्रभावकारी बनाउने विषयमा प्रकाश पारेका थिए।

भेलामा वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) नेपालीहरूले भोगिरहेका विभिन्न समस्या, उनीहरूको अधिकार, रोजगारी तथा उद्यमशीलताको प्रवर्द्धनका साथै रिटर्नीहरूको सीप, अनुभव र पूँजीलाई देश निर्माणमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका विभिन्न समितिमा आबद्ध उपत्यकाभित्रका रिटर्नीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन बागमती प्रदेश इन्चार्ज शुभेच्छा म्याङ्बोले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता बागमती प्रदेश अध्यक्ष एकराज उपाध्यायले गरेका थिए।

यसै अवसरमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख बिन्दु घिमिरेले देशभरका सम्पूर्ण रिटर्नीहरूलाई अभियानमा आबद्ध भई रिटर्नीहरूको साझा आवाज, हकहित र मागलाई थप सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी थिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow