नागढुंगा सुरूङमार्ग हुँदै गुड्ने गाडीबाट उठ्यो २४ लाख ५५ हजार रुपैयाँ

 0  6
नागढुंगा सुरूङमार्ग हुँदै गुड्ने गाडीबाट उठ्यो २४ लाख ५५ हजार रुपैयाँ

काठमाडौं, १७ कात्तिक । नागढुंगा सुरूङमार्ग हुँदै गुड्ने सवारीसाधनबाट दुई दिनमै २४ लाख ५५ हजार रूपैयाँ शुल्क उठेको छ।

कात्तिक १५ गतेदेखि सुरूङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले राजपत्रमा प्रकाशित सवारी वर्गीकरण अनुसारको शुल्क तिर्न थालेका हुन् ।

सुरूङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो दिन ११ लाख ५० हजार रूपैयाँ क्यास तथा अनलाइनमार्फत समेत गरी कुल ११ लाख ८४ हजार रूपैयाँ शुल्क उठेको थियो भने दोस्रो दिन १२ लाख ७१ हजार रूपैयाँ उठेको हो ।

नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ तिर्नुपर्छ भने ठूला सवारीसाधनले सुरूङमार्ग प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow