गणेश नेपाली मृत्यु घटनामा छानबिनका लागि ३ नगर प्रहरी नियन्त्रणमा

 0  8
गणेश नेपाली मृत्यु घटनामा छानबिनका लागि ३ नगर प्रहरी नियन्त्रणमा

काठमाडौं, २६ असार । गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि ३ जना नगर प्रहरीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई महिला र एक पुरुष गरी ३ जना नगर प्रहरीलाई  सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । उनीहरुलाई  कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाउँदा मुगुका गणेश नेपाली गम्भीर घाइते भएका थिए । उपचारका लागि वीर अस्पताल भर्ना गरिएका गणेशको उपचारको क्रममा आज निधन भएको हो ।

 ‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका गणेशका परिवार तथा आफन्तले नगर प्रहरीले मृतकको बाइकमा ‘ह्वील लक’ लगाइदिएका कारण आत्मदह प्रयास गरेको भन्ने आरोप छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow