तस्बिरमा: पर्वतारोही निम्सप्रति अन्तिम श्रद्धाञ्जली अर्पण, स्थानीय तथा गोर्खा समुदायको उल्लेखनीय सहभागिता

 0  7
तस्बिरमा: पर्वतारोही निम्सप्रति अन्तिम श्रद्धाञ्जली अर्पण, स्थानीय तथा गोर्खा समुदायको उल्लेखनीय सहभागिता

२० श्रावण, युके। दिवंगत पर्वतारोही निम्सप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बेलायतमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्थानीय समुदाय तथा गोर्खा समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा विभिन्न क्षेत्रका नेपाली समुदाय, स्थानीय शुभेच्छुक, साथीभाइ तथा गोर्खा समुदायका प्रतिनिधिहरू ठूलो संख्यामा सहभागी भएका थिए। सहभागीहरूले दिवंगत निम्सको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै मौनधारण गरेका थिए भने उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

उपस्थित वक्ताहरूले पर्वतारोहण क्षेत्रमा निम्सले पुर्‍याएको योगदान, साहस, समर्पण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न खेलेको भूमिकाको स्मरण गरेका थिए। उनीहरूले निम्सको प्रेरणादायी यात्रा भावी पुस्ताका लागि अनुकरणीय रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय समुदाय र गोर्खा समुदायको उत्साहजनक उपस्थितिले दिवंगतप्रति सबैको सम्मान र श्रद्धाभाव झल्काएको सहभागीहरूको भनाइ थियो।

तस्बिर: ओम प्रकाश थापा (फेसबुक पेज)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow