दुर्गा प्रसाईंको घरबाट उठाएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

 0  12
दुर्गा प्रसाईंको घरबाट उठाएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई आदेश दिएको छ।

प्रसाईंकी श्रीमत उमाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा माथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंको घरबाट उठाएका सामानसहित उपस्थित हुन प्रहरीलाई आदेश दिएको हो ।

गत भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेर विद्युतीय सामाग्री बरामद गरेको थियो। सर्वोच्चले बरामद गरिएको सोही सामानसहित उपस्थित हुन प्रहरीलाई आदेश दिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow