नागढुंगा सुरूङमार्गमा आजदेखि ९ सिटसम्मका निजी सवारी चलाउन पाइने
काठमाडौं, ८ भदौ । एक महिनाअघि उद्घाटन गरिएको काठमाडौंको नागढुंगा सुरूङमार्गमा आजदेखि कार, जिप र भ्यानलगायतका निजी सवारी साधन पनि चलाउन पाइने भएको छ ।
सोमबारदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा युनिटले जानकारी दिएको छ ।
परीक्षणस्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरूङ मार्ग प्रवेश खोलिएको र यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरूङ खुला गर्ने तयारी रहेको बताएइको छ।
सुरूङभित्र सवारी चलाउँदा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ।
What's Your Reaction?





