एपोलो हाइड्रोपावरको आईपीओ खुला, कति कित्ता आवेदन दिने ?

 0  21
एपोलो हाइड्रोपावरको आईपीओ खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं, २६ चैत । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको उक्त आईपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने कम्पनीको प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow