कक्षा १२ को नतिजा आज सार्बजनिक गर्ने तयारी, बोलाइयो बोर्ड बैठक
परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनका लागि बोर्ड बैठक आज ५ बजे बोलाइएको छ ।

१९ श्रावन काठमाडौं । कक्षा १२ को नतिजा आज आउने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनका लागि बोर्ड बैठक आज ५ बजे बोलाइएको छ ।
कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए ।
कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी थिए भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना सहभागी थिए । त्यस्तै जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी भएका थिए ।
What's Your Reaction?






