नाङ्लो बेकरीको ‘क्रोइसेन्ट’ उपभोग नगर्न विभागको आग्रह
काठमाडौं, २४ मंसिर । नाङ्लो बेकरी प्रा.लिले उत्पादन गरेको ‘क्रोइसेन्ट’ मा तोकिएको मापदण्डभन्दा बढी हानिकारक चिल्लो पदार्थ ट्रान्स फ्याट भेटिएपछि उक्त क्रोइसेन्ट तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन क्रममा संकलन गरेको उक्त क्रोइसेन्टको नमुना प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा बढी पाइएकोले उक्त क्रोइसेन्ट तत्काल बजारबाट फिर्ता लिन बेकरीलाई निर्देशन दिएको हो।
विभागले उपभोक्ताहरूलाई ब्याच नम्बर ०१ को उत्पादन मिति ३ मंसिर २०८२ र म्याद समाप्ति मिति २५ पुस २०८२ तोकिएको उल्लेखित ब्याचको क्रोइसेन्ट उपभोग नगर्न आग्रह गरेको छ ।
What's Your Reaction?





