एमालेको ११औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने

 0  13
एमालेको ११औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने

काठमाडौं, २३ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको ११औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गरिने भएको हो । 

एमालेले १०औँ महाधिवेशनमा पनि विद्युतीय माध्यमबाट मतदान गराएको थियो । नेता सुनिता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ । 

वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको हो । अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको थियो । यस सन्दर्भमा भने यस पटक के गर्ने भन्ने तय भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow