काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री
काठमाडौं, १ भदौ । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडि काठमाडौं आइपुगेका हुन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिव बीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आएको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी गरेका छन् ।
What's Your Reaction?





