दिवङ्गत चालककी छोरीलाई शैक्षिक सहयोग 

 0  32
दिवङ्गत चालककी छोरीलाई शैक्षिक सहयोग 

धरान, ३० साउन । हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले रु ११ हजार सहयोग गरेकी छन् ।

धरान-धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका बेला २०७८ मंसिर ६ गते राती हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमती मिना भुजेल र छोरी आर्या भुजेल धरान-८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आएका छन्।

७ वर्षीय आर्या धरान-८ दुर्गापथस्थित जुनियर पायनियर स्कुलमा कक्षा २ मा अध्ययनरत छिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलमा स्रोतको खोजी भएपछि धरान निवासी हङकङमा कार्यरत रजीताले अनिष गुरुङ मार्फत ११ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

शुक्रबार भुजेलको निवासमै पुगेर मजदुर नेता भीमज्वाला राई, केवाइसि पूनर्जिवन केन्द्रका व्यवस्थापक अनिष गुरुङ, नेपाल पत्रकार महासङ्घका सुनसरी अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेका हुन् । 

सुरुमा पेट्रोल पम्पमा काम गरिरहेको थिएँ तर, श्रीमानको मृत्युपछि छोरीलाई विद्यालय पठाउन, ल्याउन, तयारी गर्न आफ्नो पुरै समय लाग्ने भएकाले आफूले अन्य रोजगारीको काम  गर्न नसक्दा छोरीको शिक्षामा लाग्ने खर्च व्यवस्थापनमा समस्या भएको दिवङ्गत भुजेलकी श्रीमती मिना भुजेलले बताईन्(भीमज्वाला राई/धरान )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow