दशैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने विभागको निर्णय

 0  13
दशैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने विभागको निर्णय

काठमाडौं, ३१ भदौ । यातायात व्यवस्था विभागले यस वर्षको दशैँ, तिहारलगायतका चाँडपर्वका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ।

जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा हुदा यात्रुहरुले धमाधम टिकट काटेर घर जान थालेपछि दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ नखोल्ने विभागले निर्णय गरेको हो ।

मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच भएको छलफलले अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow