सुनचाँदीको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको ?

 0  30
सुनचाँदीको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको ?

काठमाडौं, ३१ भदौ । भदौ महिनाको अन्तिम दिन आज मंगलबार सुनचाँदीको मूल्य रेकर्ड ब्रेक गर्दै आकाशिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज मंगलबार सुनको मूल्य तोलाको २ लाख १७ हजार एकसय रुपैयाँ पुगेको छ। सोमबार २ लाख १५ हजार दुईसय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज आएर तोलामा १९ सय रुपैयाँले बढेको हो । आज बढेको सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

सुनसँगै आज चाँदी पनि तोलाको २० रुपैयाँ बढेर २ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। उक्त मूल्यअनुसार चाँदी पनि हालसम्मकै महँगो भएको महासंघले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow