प्रधानमन्त्री कार्कीको पहिलो निर्णय, जेनजी आन्दोलनका मृतकालाई शहिद घोषणा गरिने

 0  32
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय, जेनजी आन्दोलनका मृतकालाई शहिद घोषणा गरिने

काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण पश्चात प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मृतकलाई शहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेकी छन्।

पदभार ग्रहण गर्ने क्रममा उनले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ।

घटनामा १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow