कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुदैन-ओली

 0  26
कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुदैन-ओली

०६ भाद्र ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रति टिप्पणी गर्दै कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम नहुने बताएका छन् ।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह सहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर भण्डारीले पार्टी एकतामा असहयोग गर्ने आफूहरूले नसोचेको भन्दै उनले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको बताए । उनले हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम नहुने स्पष्ट गरेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने- 'अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । 

पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।'कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साह सहित आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमल कुमारी साह सहित रौतहट र धनुषाका अन्य नेताहरू एमालेमा प्रवेश गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow