अब देखि घरेलु मदिरा उत्पादन गर्न पाइने

गण्डकी, ५ भदौ । गण्डकी प्रदेश सभाले परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र नियमन गर्ने विधेयक पारित गरेको छ। यसले परम्परागत मदिरालाई कानुनी मान्यता दिनुका साथै गुणस्तरीय र सुरक्षित उत्पादन सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
स्वदेशी कच्चा पदार्थ प्रयोगलाई प्रोत्साहन, सांस्कृतिक संरक्षण र स्थानीय आय वृद्धिको लक्ष्य सहित अब व्यावसायिक रूपमा घरेलु मदिरा उत्पादन, प्याकेजिङ, लेबलिङ, बिक्रीवितरण गर्न उद्योग दर्ता र इजाजतपत्र लिन सकिने व्यवस्था गरिएको छ ।
व्यक्तिगत, पारिवारिक वा धार्मिक उपयोगका लागि वार्षिक ५०–६० लिटरसम्म उत्पादन गर्न बिना इजाजतपत्र अनुमति दिइएको छ। अन्न: कोदो, फापर, उवा, जौ, गहुँ, मकै आदिको प्रयोग गरि घरेलु मदिरा बनाइन्छ ।
मर्चालाई पनि नियन्त्रणको दायरामा ल्याइनेछ , विशेष गरी व्यावसायिक उत्पादनका लागि परीक्षण र इजाजतपत्र अनिवार्य गरिएको छ । प्लास्टिक पाउचमा प्याकेजिङ पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । तोकिएका मापदण्डअनुसार बोतल प्रयोग गरिनुपर्छ। लेबलमा अनिवार्य रूपमा: उत्पादन मिति, अल्कोहल मात्रा, नाम, ठेगाना, मूल्य, MRP ( खुद्रा अधिकतम मूल्य, चेतावनी, नेपाली र अङ्ग्रेजी भाषामा विवरण उल्लेख हुनुपर्छ।
उत्पादित मदिरा प्रदेश सरकारले तोकिएको प्रयोगशालामा परीक्षण भने गर्नु पर्नेछ ।
What's Your Reaction?






