देउवाको ठाउँमा डडेलधुराबाट नैनसिंह महरलाई कांग्रेसको टिकट

 0  11
देउवाको ठाउँमा डडेलधुराबाट नैनसिंह महरलाई कांग्रेसको टिकट

काठमाडौं, ६ माघ । डडेलधुराबाट सातपटक प्रतिनिधिसभा निर्वाचन लडेका शेरबहादुर देउवाले फागुन २१ को निर्वाचनमा सहभागी नहुने घोषणा गरेसँगै कांग्रेसले डडेलधुरा निर्वाचन क्षेत्रबाट नेविसंघका पूर्वसभापति नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।

कांग्रेस सभापति गगन थापाको नेतृत्वमा महरलाई डडेलधुराबाट टिकट प्रदान गरिएको हो। देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका थिए।

डडेलधुराबाट निर्वाचन लड्दै आएका देउवाले चुनाव नलड्ने घोषणा गर्दै कांग्रेसको विशेष महाधिवेशनबाट सभापति भएका गगन थापा नेतृत्वको नयाँ कार्यसमिति नमान्ने भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow