नापी विभागको ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरबाटै

 0  13
नापी विभागको ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरबाटै

२१ जेठ, काठमाडौं । सरकारी सेवालाई प्रविधिमैत्री, छिटो र सहज बनाउने उद्देश्यसहित नापी विभागले ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित सेवाहरूलाई डिजिटल प्रणालीमार्फत नागरिकसम्म पुर्‍याउने लक्ष्यका साथ एप सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको एपमार्फत नागरिकले जग्गासम्बन्धी विभिन्न सेवा घरमै बसेर लिन सक्ने नापी विभागले जनाएको छ ।

विभागका अनुसार एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दर्ता भएपछि सेवाग्राहीले प्रणालीबाट प्राप्त हुने ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्थाबारे जानकारी लिन सक्नेछन् ।

एपमा राजस्व भुक्तानीको सुविधा पनि समावेश गरिएको छ । सेवाग्राहीले इ–सेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । फिल्ड रेखांकन सेवाका लागि लाग्ने आवश्यक राजस्वसमेत डिजिटल माध्यमबाटै तिर्न सकिने विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow