बालकुमार विश्वकर्माद्वारा केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

 0  106
बालकुमार विश्वकर्माद्वारा केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा

२१ जेठ , काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघका वर्तमान महासचिव बालकुमार विश्वकर्मा ‘सुमन’ले केन्द्रीय अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।

यही शनिबार हुने संघको २४औँ वार्षिक साधारण सभा तथा १०औँ केन्द्रीय अधिवेशनमा विश्वकर्माले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । “सशक्त नेतृत्व, समृद्ध व्यवसाय” भन्ने नारासहित चुनावी अभियान अघि बढाएका उनले संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण र सुनचाँदी व्यवसायलाई थप व्यवस्थित तथा सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वकर्माले व्यवसाय प्रवर्द्धन, आपसी सहकार्य, तालिम, प्रविधिको प्रयोग र बजार पहुँच विस्तारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् । साथै, नीति निर्माण तहमा व्यवसायीहरूको आवाज बुलन्द पार्ने र साना व्यवसायीहरूका लागि सानो परिमाणमा कच्चा पदार्थ सुन उपलब्ध गराउने विषयमा  पहल गर्ने उनको भनाइ छ ।

उनले “तपाईँको मत, संघको उज्ज्वल भविष्यको आधार” भन्दै सम्पूर्ण सुनचाँदी व्यवसायी सदस्यहरूसँग अमूल्य मतको अपेक्षा गरेका छन् ।

विश्वकर्माले सशक्त नेतृत्व, समृद्ध व्यवसाय र सुदृढ संगठन निर्माण आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै व्यवसायीहरूको साथ र समर्थनबाट संघलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow