पूर्वी चितवनको सुनचाँदी पसल ठगी प्रकरणमा दुई भारतीय महिला पक्राउ

 0  11
पूर्वी चितवनको सुनचाँदी पसल ठगी प्रकरणमा दुई भारतीय महिला पक्राउ

२१ असार, चितवन । पूर्वी चितवनको पर्सास्थित एक सुनचाँदी पसलमा भएको ठगी घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय महिलालाई नवलपुरको गैँडाकोटबाट प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै महिलामाथि थप अनुसन्धान भइरहेको छ। उक्त घटनामा भण्डारास्थित एक सुनचाँदी पसलबाट करिब रु. ४ लाख ५० हजार बराबरका गहना ठगी भएको बताइएको छ।

प्राप्त जानकारीअनुसार ती महिलाहरूले कालिका–खोलेसिमलस्थित New Present सुनचाँदी पसल बाट खरिद गरिएको भन्दै २२ क्यारेट सुनका गहना प्रस्तुत गरेका थिए। तर परीक्षणका क्रममा उक्त सामानमा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

गहना साट्ने बहानामा पसलबाट सुनचाँदीका गहना लिएर फरार भएका उनीहरूलाई खोजी गर्ने क्रममा नवलपुरको गैँडाकोटबाट पक्राउ गरिएको हो।

घटना लगत्तै पूर्वी चितवन सुनचाँदी व्यवसायी संघ ले घटनासम्बन्धी भिडियो फुटेज, तस्बिर तथा विवरण संकलन गरी सम्पूर्ण सुनचाँदी व्यवसायीहरूलाई सूचना तथा आन्तरिक सतर्कता सन्देश प्रवाह गरेको थियो। संघले सम्भावित ठगी समूहबारे व्यवसायीहरूलाई सचेत गराउँदै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको थियो।

सोही आधारमा नवलपुरको गैँडाकोटस्थित एक सुनचाँदी पसलमा समेत यस्तै प्रकारको ठगी गर्ने प्रयास गरिरहेका बेला उनीहरूलाई चिनेर सम्बन्धित निकायलाई खबर गरिएको र त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow