नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्वारा सम्मान तथा जेम्स एण्ड ज्वेलरी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 0  16
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्वारा सम्मान तथा जेम्स एण्ड ज्वेलरी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० असार, काठमाडौं। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्वारा आयोजित जेम्स एण्ड ज्वेलरी (Gem & Jewellery) सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा Gem & Jewellery Export Promotion Council, India का Assistant Director अजय पुरोहितलाई स्वागत तथा सम्मान गरिएको हो। साथै, नवनिर्वाचित नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) लाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो।

राजधानीस्थित ए–वन पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा आगामी भदौ महिनामा भारतको मुम्बईमा आयोजना हुने अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी प्रदर्शनीमा सहभागी भई अवसरको लाभ लिन सम्पूर्ण व्यवसायीहरूलाई प्रमुख अतिथि अजय पुरोहितले अनुरोध गरेका थिए। साथै उक्त प्रदर्शनीमा सहभागी हुने व्यवसायीहरूको भ्रमण तथा सहभागितालाई सहज बनाउन आवश्यक सहयोग उपलब्ध गराइने जानकारी पनि दिइएको थियो।

कार्यक्रममा सम्मानित नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) ले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको बताउँदै यसले आगामी दिनमा सुनचाँदी कला तथा व्यवसाय क्षेत्रप्रति आफ्नो जिम्मेवारी अझ बढाएको धारणा व्यक्त गरे।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष डम्बर बराइलीले प्रमुख अतिथि अजय पुरोहितलाई नेपाली ढाका टोपी लगाई सम्मान गरेका थिए।

उक्त कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गणेश लकान्द्री, वरिष्ठ उपाध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष वीरबहादुर विश्वकर्मा, कोषाध्यक्ष किशोर सेञ्चुरी, सह–कोषाध्यक्ष कमल बराइली, केन्द्रीय कार्यसमिति सदस्यहरू रमिता सुनार, रञ्जित शंकर, रमेश घिमिरे, निरज शंकर तथा महासंघका कार्यालय सचिव राम महर्जन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रात्रिभोजको समेत आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष खेम तिरुवाले गरेका थिए भने सञ्चालन महासचिव हेम राईले गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow