भारतले १२ अर्ब डलर बराबरको सुन बिक्री गरेको दाबी अस्वीकार, आरबीआई भन्छ– सुन भण्डार यथावत्

 0  9
भारतले १२ अर्ब डलर बराबरको सुन बिक्री गरेको दाबी अस्वीकार, आरबीआई भन्छ– सुन भण्डार यथावत्

२१ जेठ,नयाँ दिल्ली । भारतले बढ्दो तेल मूल्य र भूराजनीतिक तनावका बीच रुपैयाँलाई स्थिर राख्न करिब १२ अर्ब अमेरिकी डलर बराबरको सुन बिक्री गरेको भन्ने दाबीलाई भारतीय रिजर्भ बैंकले अस्वीकार गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूमा भारतको केन्द्रीय बैंक आरबीआईले विदेशी मुद्रा सञ्चिति बलियो बनाउन सुन बिक्री गरेको दाबी सार्वजनिक भएपछि आरबीआईले स्पष्टीकरण दिँदै आफ्नो भौतिक सुन भण्डार यथावत् रहेको जनाएको हो । आरबीआईका अनुसार भारतसँग रहेको भौतिक सुन भण्डार ८८०.५२ टनमै कायम छ र त्यसमा कुनै परिवर्तन भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow