सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, ८ भाद्र । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २३५० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।
What's Your Reaction?






