विपिनको रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह
काठमाडौं, ८ भाद्र । हमासद्वारा बन्धक बनाइएका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्किएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्। आमा पद्माले आफ्नो छोरो निर्दोष विद्यार्थी भएको भन्दै रिहाइका लागि मानवीय दृष्टिले पहल गर्न राष्ट्रपतिसँग आग्रह गरेकी छन्। राष्ट्रपति पौडेलले पनि विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका छन्।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका विपिनका आमा पद्मा र बहिनी पुष्पाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
What's Your Reaction?





