बजेटपछि सुनचाँदी, हिरा तथा गहना व्यवसायमा परेको प्रभावबारे महासंघले अन्तरक्रिया गर्दै

 0  8
बजेटपछि सुनचाँदी, हिरा तथा गहना व्यवसायमा परेको प्रभावबारे महासंघले अन्तरक्रिया गर्दै

२१ जेठ ,काठमाडौं।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विधेयकमार्फत सुन, चाँदी, हिरा तथा गहनासम्बन्धी कर, शुल्क तथा भन्सार व्यवस्थामा गरिएको परिवर्तनबारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

महासंघले बजेटमा गरिएका व्यवस्थाको कार्यान्वयन, व्यवसाय क्षेत्रमा पर्न सक्ने प्रभाव तथा आगामी रणनीतिबारे छलफल गर्न कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा व्यवसायीहरूबाट सुझाव संकलनसमेत गरिने महासंघले जनाएको छ।

महासंघका अनुसार पछिल्लो बजेट तथा विधेयकपछि सुनचाँदी तथा आभूषण क्षेत्रमा कर र भन्सारसम्बन्धी नयाँ व्यवस्थाले व्यवसाय सञ्चालन, लागत, बजार मूल्य, आयात प्रक्रिया र उपभोक्ता मूल्यमा प्रभाव पार्न सक्ने भएकाले सरोकारवालाबीच छलफल आवश्यक देखिएको हो।

अन्तरक्रिया कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहनेछ। बाहिरी जिल्लामा रहेका कार्यसमिति सदस्यहरूले भने जुममार्फत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रम २०८३ जेठ २५ गते सोमबार दिउँसो २ बजे महासंघको सचिवालय कार्यालय, बोगेनभिल्ला, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुनेछ।

महासंघले सम्बन्धित सबैलाई समयमै उपस्थित भई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।

कार्यक्रम विवरण
मिति: २०८३ जेठ २५ गते, सोमबार
समय: दिउँसो २:०० बजेदेखि
स्थान: महासंघको सचिवालय कार्यालय, बोगेनभिल्ला, त्रिपुरेश्वर, काठमाडौं

Zoom लिंक:
https://us०६web.zoom.us/j/८१०९०१११४२५?pwd=nBautEIz०lZnBTxpwJCzYDvaC०wnDD.१

Meeting ID: ८१० ९०११ १४२५
Passcode: १२३४५

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow